चीनले नेपाललाई भन्यो-हामी जुनसुकै बेला सहयोग गर्न तप्पर छौं

काठमाडौँ : चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग गर्ने तत्पर रहेको बताएको छ । चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के-के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ ।

चीनले नेपाललाई पठाएको पत्रमा सोधिएको छ– के नेपाल योबेला चीनको सहयोग र सहायता चाहान्छ ? जस्तो कि नेपाललाई उर्जामा सहायता चाहिएको हो ? नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउनुपर्छ ? हामी जुनसुकै बेला पनि तप्तर छौं ।

चीनले नेपालमा कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक चीनबाटै पहिलो भ्रमण गराउन समेत चाहेको जनाएको छ । त्यस्तै चीनले नेपालका विकास परियोजनाहरुमा तिब्रता दिइने समेत बताएको छ । नेपालले चीनलाई कोरोना विरुद्ध लड्न १ लाख थाम मास्क पठाएर ऐक्यवद्धता जनाएको थियो ।


प्रकाशित | ४ चैत्र २०७६, मंगलवार १८:४७