चरिकोट : सतारुढ गठबन्धनबाट दोलखा कालिन्चोक गाउँपालिका प्रमुखमा अर्जुन प्रसाद शिवाकोटी र उपप्रमुखमा कुल बहादुर बुढाथोकी (रोशन) को उम्मेदवारी परेको छ ।
गठबन्धनबाट कांग्रेस जिल्ला उपसभापति समेत रहनु भएका शिवाकोटीले प्रमुख र नेकपा माओवादी केन्द्रका जिल्ला नेता रहनु भएका बुढाथोकीले उपप्रमुखमा उम्मेदवारी दिनु भएको हो । बाजागाजासहित गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शिवाकोटी र बुढाथोकीले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
जिल्ला निर्वाचन कार्यालय दोलखाका अनुसार कालिन्चोक गाउँपालिकाको अध्यक्षमा १० जना, उपाध्यक्षमा तीन जना, वडाध्यक्षमा ३७ जना, सदस्यमा ५४ जना, महिला सदस्यमा २३ जना र दलित महिला सदस्यमा २१ गरि जम्मा १४८ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, दुई नगरपालिका र सात गाउँपालिकामा गरि जिल्लाभर १ हजार ४ सय २३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

प्रकाशित | १३ बैशाख २०७९, मंगलवार १२:१४