क्यानाडाका गैर आवासीय राजदूत दुई साता सगरमाथाको काखमा बिताउँँदै: दृष्य क्यानाडामा प्रसारण

काठमाडौं : नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गर्नुभएको छ। दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लाग्नुभएको हो । लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लाग्नुभएको हो ।विश्वकै अग्लो शिखरको काखमा दुई साता बिताउने र त्यो दृष्य क्यानडा पु¥याउने उहाँले बताउनुभयो ।

‘कैयन कूटनीतिक वार्ताभन्दा नेपाल भ्रमण वर्ष २०२० को लागि यो काइदा उपयोगी हुने मेरो विश्वास छ,’ उहाँले भन्नुभयो, ‘मलाई नेपाल मन पर्छ, त्यसैले म आइरहन्छु । मेरो परिवार पनि नेपालको कुरा सुन्दा उत्साहित हुन्छ ।’ यो समाचार चन्द्रशेखर अधिकारीले अन्नपूर्णमा लेख्नुभएको छ ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार ०८:३२