ललितपुरमा ७५ वर्ष माथिकालाई कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाइँदै

काठमाडौँ । ललितपुर महागरपालिकामा ७५ वर्ष माथिकालाई कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाइने भएको छ । बुधबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिलो खोप लगाएका महानगरवासीलाई खोप लगाउन लागिएको हो । यसअघि पहिलो डोज लगाएका ७५ वर्षमाथिका दुई हजार २२० जना ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी दुई हजार ५०० जनाले खोप लगाउन पाउनेछन् ।

खोप लगाउनेले सम्बन्धित वडा कार्यालयको सिफारिस, पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुल्ने प्रमाणपत्रसमेत लिएर उपस्थित हुनु पर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । खोप लगाउनका लागि लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कुल, महानगरपालिकाको प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, बालकुमारी स्कुल, कार्यविनायक स्कुल, हरिसिद्धि स्वास्थ्य चौकी र सैबु स्वास्थ्य चौकीमा केन्द्र तोकिएको छ ।


प्रकाशित | ८ असार २०७८, मंगलवार १३:३४