स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता बैशाख ११ र १२ गते

काठमाडौं –  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको तालिका सार्वजनिक गरेको छ ।
आयोगले शुक्रबार पारित गरेको निर्वाचत कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता आगामी बैशाख ११ र १२ गते तोकिएको छ ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते तोकिएको छ । आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार आउँदो वैशाख ११ र १२ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दिन सकिनेछ ।

आयोगले वैशाख १२ गते बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ भने १३ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको छ । यस्तै उजुरीमाथि छानबिन गरेर आयोगले वैशाख १५ गते उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

यस्तै वैशाख १६ गते बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले वैशाख १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ ।

त्यस्तै, बैशाख ३० गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने र त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातीदेखि मौन अवधि लागू हुने आयोगले जनाएको छ ।


प्रकाशित | ४ चैत्र २०७८, शुक्रबार १७:२३