एनआरएनए भवन भोगचलन गर्न पाउनुपर्ने भन्दै सरकारसँग माग गरिरहेका छौ : कुमार पन्त

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले एनआरएनए भवन भोगचलन गर्न पाउनुपर्ने भन्दै सरकारसँग माग गरिरहेको बताउनुभएको छ । अध्यक्ष पन्तले एक बिज्ञप्ति जारी गर्दै एनआरएनले मुद्दा मामिलामा नगई भवन भोगचलन गर्न पाउनु पर्ने भन्दै सरकारसँग माग गरिरहेकाले नआत्तिन सबैमा आह्वान गर्नुभएको हो ।

अध्यक्ष पन्तले भन्नुभएको छ, ‘गैर आवासीय नेपाली संघको कार्यालय रहेको बालुवाटार जग्गाको विषयमा विश्वभरिबाट साथीहरुले के भएको हो भनेर चिन्ता र चासो ब्यक्त गरिरहनु भएको छ । सरकारसँग यस विषयमा पटक–पटक छलफल भइसकेकाले एनआरएनएले जग्गाको पैसा फिर्ता लिने र भवन प्रयोग गर्नुको विकल्प छैन । त्यसैले साथीहरुलाई नआत्तिन अनुरोध गर्दै छिट्टै संघको बैठक बसी यस विषयमा आधिकारिक धारणा सार्वजनीक हुने जानकारी गरउान गराउन चाहान्छु ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा बुधबार गैरआवासीय नेपाली संघ सहित ६५ जनाको जग्गा जफत गर्न माग गर्दै विशेष अदालत १७५ जनाविरुद्ध मुद्दा हालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा हालेसँगै विश्वभरिका गैर आवासीय नेपालीहरुले चिन्ता र चासो ब्यक्त गरेसँगै अध्यक्ष पन्तले सो धारणा ब्यक्त गर्नुभएको हो ।


प्रकाशित | २२ माघ २०७६, बुधबार २३:४१