ब्रिज इन्टरनेशनलको तेस्रो शाखा बिर्तामोडमा समुद्घाटन समुद्घाटन

काठमाडौँ -शैक्षिक परामर्श क्षेत्रमा विगत लामो समय देखि सक्रिय रहदै आएको ब्रिज इन्टरनेश्नलले झापाको बिर्तामोडमा आफनो नयाँ शाखा बिस्तार गरेको छ । शाखाको समुद्धघाटन बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले गर्नु भएको थियो ।

शैक्षिक परार्मश केन्द्रहरुले गर्दै आएको कार्यको प्रसंसा गर्दै नगरप्रमुख पवित्रा महतरा प्रसाईले गुणस्तरीय शिक्षा प्राप्त गर्न वैदेशीक अध्यनमा जादा विभिन्न समस्या आउने गरेको अवस्था विगतमा रहेकोले आगामी दिनमा ब्रिजमार्फत विधार्थीहरुले यथार्थ र गुणस्तरी परामर्श पाउने हुदाँ ब्रिज कन्सलटेन्सीलाई धन्यवाद ज्ञापन गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।

वैदेशिक अध्यनमा जाने क्रममा विभिन्न उत्सुकता र जिज्ञासा हुने गर्दछ । जसको लागी उचित परामर्श आवश्यक पर्ने र त्यस्ता परामर्श केन्द्र शहरकेन्द्रित हुने हुदाँ विधार्थी तथा अभिभावकलाई विभिन्न समस्याहरु आइपर्ने गर्दछ । स्थानिय विधार्थीहरु तथा अभिभावकहरुको गुनासो र समस्याहरुलाई मध्यनजर गर्दै स्थानिय क्षेत्रमानै गुणस्तरी शैक्षिक परामर्श प्रदान गर्ने उदेश्यका साथ आफनो नयाँ शाखा झापामा विस्तार गरिएको साथै यस शाखा बाट संस्थाले प्रदान गर्ने हरेक सेवा सुविधा उच्च गुणस्तरको हुने हुदाँ स्थानिय विधार्थी लाभान्भीत हुने संस्थाका एक्जुकेटीभ चेयरम्यान भुवन गिरीले जानकारी दिनुभयो ।

विगत ७ बर्षदेखि सञ्चालनमा आएको ब्रिज इन्टरनेशनलले तेस्रो शाखाको रुपमा बिर्तामोडमा सेवा बिस्तार गरेको हो । नवउद्धघाटीत शाखामा विद्यार्थीको नेतृत्व विकास सम्बन्धी क्लासहरु, भाषा क्यालहरु, भिषा प्रोसेसिंग, भिषा प्राप्त गर्न अघि तथा भिषा प्राप्त गरिसकेपछि ओरियन्टेशन सेमिनार लगाएतका गुणस्तरीय सेवा सुविधा सञ्चालन हुने बिर्तामोड शाखाका प्रमुख जितेन्द्र गिरीले जानकारी दिनुभयो ।

उद्धघाटन समारोहमा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, मोडल स्मारिका तथा समारिका ढकाल, शैक्षिक परामर्श व्यवसायीहरु, स्थानीय क्षेत्रका विभिन्य पेशा व्यवशायका प्रतिनिधि, विधार्थी अभिभावक लगाएतको बाक्लो उपस्थिती रहेको थियो ।
कन्सल्टेन्सी उद्घाटनकै अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत बिर्तामोड नगर अस्पताललाई स्मार्ट टेलिभिजन समेत प्रदान गरेको थियो ।
उद्धघाटन समारोहको औपचारीक कार्यक्रम पश्चात उपस्थित विधार्थीहरुको लागी संस्थाले इन्फरमेसन सेसनको समेत आयोजना गरेको थियो । जसमा विश्वविधालय ता कलेजका प्रतिनिधि बाट वैदेशिक अध्यनका विभिन्न गन्तव्य राष्ट्रहरु, विश्वविधालय तथा कलेज, उनिहरुले प्रदान गर्ने सेवा सुविधा, आवेदन प्रक्रिया लगाएत विभिन्न जानकारीहरु प्रदान गरिएको थियो जसबाट उपस्थित विधार्थीहरुलाई लाभान्वित भएका थिए ।
विगत लामो समयदेखि बी्रज इन्टरलेशनलले क्यानडा अस्ट्रेलिया, युके, जापान लगाएतका शैक्षिक गन्तव्य जान चाहाने विधार्थीहरुलाई लक्षीत गर्दै गुणस्तरी शैक्षिक परामर्श प्रदान गर्दै आएको छ ।

 


प्रकाशित | ८ फाल्गुन २०७९, सोमबार १९:१२