जेष्ठ नागरिकलाई लछित गरी ‘भ्यालेन्टाइन डे’ मनाइँदै

काठमाडौँ -आगामी फाल्गुन २ गते परेको प्रणय दिवशको दिन पारेर ललितपुर,लगनखेल स्थित ‘एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर फर लिडरसीप एण्ड इन्टरप्रेनरसिप’ कलेजले ७० वर्ष माथीका जेष्ठ नागरिक लछित प्रणय दिवश मनाउने कार्यक्रम गर्ने भएको छ ।

फेब्रुअरी १४ लाई विश्वव्यापी रुपमा प्रेम मिलन को दिनको रुपमा मनाइदै आएको छ। रोमियो र जुलिएटको कथामा आधारित रहेर उक्त दिनलाई युवा-यवतीले एक अर्कामा प्रेम साटा साट गर्ने दिनको रुपमा यो प्रचलित छ । यसका लागी बिभिन्न व्यापारिक संस्थाहरुले युवा लछित कार्यक्रम गर्दै आइरहेका छन । जेष्ठ नागरिक लछित यस्तो कार्यक्रम भने नेपाल मा पहिलो हो।

‘प्रेम मानवताको दोश्रो नाम हो,प्रेम गर्नु नै जीवनको खुसी हो’ भन्ने गौतम बुद्धको भनाइलाई मनन गर्दै महान दार्शनिक अज्ञातको ‘सबै प्रेम परिवर्तनशील छ त्यसैले तपाई जहिल्यै प्रेममा रहन सक्नुहुन्छ ।‘भन्ने कुरालाई आत्मसाथ गर्दै ७० वर्ष माथीका बुवा(आमाको आशिर्वाद लिन प्रणय दिवश मनाउने योजना बनाइएको हो । उक्त्त दिन बिभिन्न मौलिक पहिरनमा सजिएर आउनु हुने १०० अग्रज जोडी लाई बिभिन्न खाना(स्वास्थ्य ख्याल गरिएको) का साथै साँस्कृतिक मनोरन्जन प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यही फेब्रुवरी १४ अर्थात फागुन २ गते प्रणय दिवसको अवसरमा उक्त्त कलेजले ७० वर्ष पुगेका र नाघेका सयवटा जोडीलाई साँस्कृतिक कार्यक्रम सहित रोमान्टिक डिनरको आयोजना गरी उहाँहरूको माया, आशिर्वाद लिने जमर्को गरेको छ। यो कार्यक्रममा जो-कोही पनि सहभागी हुन सक्नुहुनेछ र यसमा कुनै शुल्क लाग्ने छैन। उमेर समुह अनुशार खानाको व्यबस्था गरिएको छ। कलेजका अध्यक्ष अशेष महर्जनका अनुशार यो कार्यक्रमको मूल उद्देश्य भनेको, जसले हामीलाई यो धर्ती देखाउनु भयो, उहाँहरुसँग माया साट्ने र आशीर्वाद लिने प्रयास हो।

कलेजका वरिष्ठ प्रबन्धक राम राज आचार्यका अनुसार साझको ४ बजेदेखि ७:३० सम्म चल्ने उक्त समारोहमा भाग लिनको लागि ७० वर्ष वा त्योभन्दा माथिको उमेरका बुवाआमा आफैले वा आफन्त मार्फत यहाँ (https://forms.gle/abXruvuv6hHTUv3z5) को लिन्कमा गइ गरी फारम भर्नु पर्नेछ।

एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट सन् २०१० मा डिप्लोमा इन क्युलिनरी आर्टस् नामक कोर्सका साथ सञ्चालनमा आएको हो। उक्त कोर्सबाट अहिलेसम्म १००० भन्दा बढी नेपाली युवालाई रोजगारको बाटो देखाउन र करियर अगाडि बढाउन सहयोग पुग्दै आएको छ। उक्त कलेजले Diploma in Culinary Arts (1year), BHM (4 years) BBA (4 Years), र MBA 2 Years) का कार्यक्रम मार्फत नेतृत्व र उद्यमशीलता केन्द्रीत पठन-पठन गराउंदै आएको छ।


प्रकाशित | २८ माघ २०७९, शनिबार १३:४०