नवलपरासी देवचुलीका १ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २४६ पुग्यो

काठमाडौं : नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी देवचुलीका १ जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमित संख्या २४६ पुगेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। संक्रमित पुरुष स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको डा अधिकारीले जानकारी दिनुभयो ।


प्रकाशित | १ जेष्ठ २०७७, बिहीबार १३:१७