यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २५ पैसा र बिक्री दर १२२ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।

युरोपियन युरो एकको खरिद दर १३३ रुपैयाँ ३९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ३९ पैसा र बिक्री दर १६० रुपैयाँ १७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १३ पैसा र बिक्री दर ८९ रुपैयाँ ५७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ चार पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा छ भने चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ २८ पैसा र बिक्री दर १९ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ५९ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३७ पैसा र बिक्री दर ३३ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ८८ पैसा र बिक्री दर नौ रुपैयाँ ९३ पैसा कायम भएको छ


प्रकाशित | ३० फाल्गुन २०७८, सोमबार १३:३८