बालुवाटारको जग्गा व्यक्तिका नाममा लैजान भूमिका छैन : गच्छदार

काठमाडौं: बालुवाटारको जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफ्नो संलग्नता नरहेको बताएका छन् । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा रहँदा बालुवाटारको जग्गा व्यक्तिका नाममा लैजान भूमिका खेलेको समाचार आउँदै गर्दा उनले आफ्नो संलग्नता नरहेको बताएका हुन् । नयाँ पत्रीका दैनीकमा खवर छ ।

आइतबार साँझ भारतबाट स्वदेश फर्किएका गच्छदारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता माधवकुमार नेपाल नेतृत्व सरकारमा आफूले बालुवाटारमा सडक फराकिलो बनाउन प्रस्ताव मात्र लगेको बताए । उनले आँखाको उपचारका लागि अमेरिकाबाट भारत फर्के पनि जग्गा प्रकरण छल्न खोजेको समाचारप्रति आपत्ति जनाएका थिए । उनले उक्त प्रकरणबारे सोधपुछ गर्न चाहे आफूले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई सहयोग गर्ने स्पष्ट पारे ।

नेकपाका नेता नेपाल नेतृत्वको सरकारमा गच्छदार उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार मन्त्री भएका थिए । जग्गा प्रकरणमा मुछिएकाले अख्तियारद्वारा सोधपुछ गर्ने तयारी गरेपछि उनी अमेरिका र भारत भ्रमणमा गएको समाचार आएको थियो ।


प्रकाशित | ६ श्रावण २०७६, सोमबार १०:५४