दोलखामा एमालेले प्रतिनिधिसभा र प्रदेशका तीनै सिट जित्छ : भरत दुलाल

भरत दुलाल-एमाले  बाग्मती प्रदेश कमिटि सदस्य तथा शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष

निर्वाचन नजिकिंदै जाँदा दोलखामा नेकपा एमालेका उम्मेदवारलाई मत हाल्न आम दोलखाबासी उत्साहीत छन् । जिल्लामा पहिलादेखि नै नेकपा एमाले विजयी भएको र एमालेको जनसंगठन ब्यापक भएको कारण यो पटक पनि जीत सुनीश्चित छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राविधिक कमजोर हुँदा विजयी हासिल गर्न नसकिए पनि यो पटक भने हामीबीचको आन्तरिक एकता मजबुत छ । हामी एकताबद्ध ढंगले एकढिक्का भएर सबै तह तप्काबाट एमालेका उम्मेदवारहरुलाई विजयी गराउन अहोरात्र खटिरहेका छौ ।

विशेष गरि दोलखामा गठबन्धनले जसरी मतदातालाई भयरहित ढंगले निर्वाचनमा भाग लिन नदिने गरि आफ्ना गतिविधी अगाडि बढाइरहेको देखिन्छ । यस तर्फ नेकपा एमाले निकै चलाखो छ । साथै हामी सबैले विशेष गरि निर्वाचनमा शान्ति सुरक्षाको रुपमा भूमीका खेल्न दबाब दिदैँ निर्वाचन कार्यालयमार्फत पहल गरिरहेका छौ । दोलखामा शान्तिपूर्ण निर्वाचन गराउन निर्वाचन कार्यालय लाग्नुपर्ने देखिन्छ । अन्तमा सबै जिल्लाबासीलाई एमाले उम्मेदवारलाई मत दिई विजयी गराउन हार्दिक अनुरोध गर्दछु ।


प्रकाशित | ३० कार्तिक २०७९, बुधबार १८:४५