खाली पेटमा मनतातो पानी पिउनुको १० फाइदा

काठमाडौँ : हाम्रो शरीरलाई स्वस्थ्य तथ तन्दुरुस्त राख्नका लागी मनतातो पानी पिउने गर्नु पर्दछ ।  जसले गर्दा हामीलाई निम्न अनुसारको फाइदा हुने गर्दछ :-

१. दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ ।

२. पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ ।

३. एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउदा भोक नलाग्ने समस्या हटेर जान्छ ।

४. बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा मिल्छ ।

५. पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ ।

६. मनतातो पानी पिउनाले हड्डी मजबुत बनाउन सहयोग गर्दछ ।

७. रुघाखोकी लागेमा पर्याप्त मात्रामा मनतातो पानी पिउनाले शरीरमा आराम मिल्छ ।

८. छालामा चाउरीपना तथा दागधब्बा आएमा हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउदा छाला चम्किलो बनाउने र शरीरको तौल कम गर्न पनि मद्दत गर्छ ।

९. बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस राखेर पिउनाले शरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ ।

१०. थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी गर्नाले मांशपेशीलाई तन्दुरुस्त बनाउन मद्दत गर्दछ ।


प्रकाशित | २६ माघ २०७६, आईतवार १७:५४