प्रवासबाट राप्रपा केन्द्रीय सदस्यमा लोकनाथ तिवारी विजयी

काठमाडौँ । राप्रपा केन्द्रीय सदस्य (प्रवास) मा लोकनाथ तिवारी विजयी हुनु भएको छ । अमेरिका बस्दैं आउनु भएका तिवारी १ हजार ३ सय ८१ मत प्राप्त गर्दै विजयी बन्नु भएको हो । राप्रपा प्रवासबाट खुल्ला तर्फ ४ जनाको उम्मेदवारी परेको थियो । त्यसबाट शशीकुमार सिन्वाट र तिवारी विजयी बन्नु भएको हो ।

सिन्वाटले १ हजार ५ स ९१ मत प्राप्त गर्नु भयो । एकता महाधिवेशनबाट अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी बन्नु भएको छ ।


प्रकाशित | १९ मंसिर २०७८, आईतवार ११:१९