बर्ड फ्लुका कारण मानीसको ज्यान गएपछि क्रास बढ्यो: सरकारले भन्यो, ‘आत्तिनु पर्दैन, सजग रहनुस्’

काठमाडौं: नेपालमा पहिलो पटक बर्ड फ्लुका कारण एक जनाको मृत्यु भएपछि यसको क्रास बढेको छ । बर्ड फ्लुका कारण काभ्रेमा एक जनाको मृत्यु भएको खवर फौलिएपछि यसको क्रास बढेको हो । अहिले यसको क्रास बढेपछि सबैतीर चिन्ता र चासो समेत गरिन थालीएको छ । स्वास्थ्य मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गर्दै एच पाइभ एन वान भनिने बर्ड फ्लुबाट काभ्रेका एक युवकको मृत्यु भएको पुष्टि गरेको  थियो ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयले सो घटनापछि अरु बिरामीमा भने प्रयोगशाला परीक्षणका क्रममा उक्त भाइरसको संक्रमण नदेखिएको स्पष्ट पार्दै नडराउन र सावधानी अपनाउन सबैमा अपिल गरेको छ । भाइरसले धेरैजसो पंक्षीहरुमा संक्रमण गर्ने गर्दछ भने पंक्षीहरुको मृत्यु समेत हुने गर्छ । यही क्रममा सो भाइरस मानिसमा समेत सर्ने गरेको पाइएको छ ।  १९९६ मा भाइरस पत्तालागेयता हालसम्म विश्वमा ८६० जनाको मृत्यु भइसकेको छ ।

स्वाइपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेकलाल कर्ण नियमित सावुन पानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, आफ्नो वरिपरिको वातावरण सफा राख्ने, बिरामी तथा मरेका कुखुरा तथा पंक्षीबाट टाढा रहने, कुखुराको मासु राम्ररी पकाएर खानेलगायतका सावधानी अपनाइए यो रोगबाट बच्न सकिने बताउनुहुन्छ ।

कसरी सर्छ बर्ड फ्लू ?

बर्ड फ्लू संक्रमित पंक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ ।

रोगी पक्षीको मासु, अन्डा, सुलीलगायत बाहिर निस्किने पदार्थबाट रोग सर्छ । मासु चलाउँदा वा खोरमा काम गर्दा पनि रोग सर्छ ।

फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्ड फ्लू सर्छ। बर्ड फ्लू का भाइरस एउटा मानिसबाट अर्कोमा सरेको तथ्य भने अहिलेसम्म भेटिएको छैन । तर पक्षीबाट मानिसमा भने सर्ने गर्छ ।

यसबाट बच्ने केही उपायहरु

– रोगको प्रकोप भएको ठाउँमा सकेसम्म नजाने ।
– मरेका पंक्षीलाई सोझै नछुने वा नचलाउने । नजिक जानु परेमा पनि माक्स लगाएर जाने ।
– रोग लागेका पंक्षीबाट जोगिने ।
– कुखुराको मासु खान रोक लगाउने ।
– कुखुराको मासु, अण्डा खानै परेमा राम्ररी धोईपखाली गरी राम्ररी पकाएर मात्रै खाने ।


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार १३:३४