फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

काठमाडौँ । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गर्नु भएको छ । उहाँले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताउनु भएको छ । यसको जानकारी उहाँले फेसबुकमार्फत् दिनु भएको छ ।

कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त हुनु भएको थियो ।


प्रकाशित | १० श्रावण २०७८, आईतवार १४:३४