मुलुकको समृद्धि नै गैर आवासीय नेपालीको सपना: भवन भट्ट

काठमाडौं । गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले मुलुकको समृद्धि नै गैर आवासीय नेपालीको सपना भएको बताउनुभएको छ । गैर आवासीय नेपाली संघको विशेष महाधिवेशनमा सम्बोधन गर्नुहुँदै निवर्तमान अध्यक्ष भट्टले मुलुकको समृद्धि नै गैर आवासीय नेपालीको सपना भएकाले नेपालमा लगानीको लागि जोड दिनुभयो ।

गैर आवासीय नेपालीहरुले लगानीस्ँगै वदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्याउन महत्वपूर्ण भूमीका निर्वाह गरिरहेको बताउँदै आगामी दिनमा नेपालको सम्मृद्धिको लागि अझ प्रभावकारी रुपमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल बहश चलाउनुपर्ने खाँचो औल्याउनुभयो । मुलुक र परिवारमा सबैभन्दा ठूलो आर्थिक सम्मृद्धि नै भएको बताउँदै वर्तमान समयमा कोभिड १९ को महामारीको जोखिम मोलेर अगाडि बढ्नु निकै चुनौतीपूर्ण रहेको बताउनुभयो ।

विशेष महाधिवेशलाई भब्य र सब्य बनाउन सबै पक्षको भावना समेटेर अगाडि बढ्न पनि भट्टले सुझाव दिनुभयो । सबै हात एकै साथ अभियान अनुसार सबैलाई संस्थाको एकताको लागि आव्हान गर्दै उहाँले सबै पक्षलाई समेटेर संस्थालाई अघि बढाउन आग्रह गर्नुभयो ।

संस्थाको पुनर्सरचना गर्ने भनेको कसैको ब्यक्तीगत स्वार्थको लागि भन्दा संस्थाको वृहत्तर हितको लागि भएकाले त्यसलाई ब्यापक छलफल गर्नुपर्ने उहाँको भनाई छ । अग्रजहरुले देखाएको बाटोमा अगाडि बढ्नुपर्ने खाँचो औल्याउँदै भट्टले संस्थालाई दिनरात नभनी अगाडि बढाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन पनि गर्नुभयो ।


प्रकाशित | १० माघ २०७७, शनिबार १९:०९