आज एकै दिन सुनको भाउ १५०० ले बढ्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको प्रतितोला मूल्य १५ सय रुपैयाँले बढेको जानकारी दिएको छ ।

महासंघले आज सुनचाँदीको कारोबार मूल्य तोक्दै सुनको १५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज महिनाको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुगेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आज सुनसँगै चाँदीको कारोबार मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा १२ सय ८० रुपैयाँ रहेको चाँदी आज १३ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य आज एकै दिन २० रुपैयाँले बढेको हो ।


प्रकाशित | १ फाल्गुन २०७८, आईतवार १२:००