एकैदिन उपत्यकामा साढे १६ सय सवारी चालकमाथि कारवाही

काठमाडौँ। काठमाडौँ उपत्यकामा एकैदिन ट्राफिक प्रहरीले १ हजार ६४३ जना सवारी चालकमाथि कारवाही गरेको छ । बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने ६६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५८ जना, र रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना रहेका छन् । यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ४८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारवाही गरिएको महाशाखाले जनाएको छ ।


प्रकाशित | २० फाल्गुन २०७८, शुक्रबार १४:४१