सनफ्लो सनफ्लावर तेल खरिदमा सुनिता लामाले पाइन हीराको हार

काठमाडौं : सनफ्लो सनफ्लावर तेल ‘सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हीराको हार उपहार’ योजनाअन्तर्गत तेस्रो ‘लक्की ड्र’ कार्यक्रमअन्तर्गत हीराको हार र हीराका अन्य उपहार विजेताहरूलाई हीराको हार तथा अन्य उपहारहरू हस्तान्तरण गरिएको जनाएको छ । तेस्रो ‘लक्की ड्र’ अन्तर्गत पाटन निवासी सुनिता लामालाई हीराको नेकलेस हस्तान्तरण गरिएको छ । पेप्सीकोला निवासी सिर्जना कार्कीले हीराको लकेट प्राप्त गरेकी छन् ।

पाल्पाका कमल नेपालले हीराको लकेट जितेका छन् । त्यसैगरी राजविराज निवासी अविनाश यादव र नारायणघाट निवासी राजन गुरुङले हीराको टप जितेका छन् । सनफ्लो सनफ्लावर तेल हीराको हार उपहार योजनाको तेस्रो ‘लक्की ड्र’ विजेताहरूको नाम इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरूको नाम घोषणा गरिएको कम्पनीले जनाएको छ ।

केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हीराको हार र हीराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको हो ।


प्रकाशित | ९ पुष २०७६, बुधबार ११:५०