सेफ प्रेमलाल घिसिङ आज ६४ औ दिनको यात्रामा, नेपाली रैथानी खानाको खोजी कार्य जारी

काठमाडौं: नेपाली रैथाने खानाको खोजीमा हिड्नु भएको प्रेम लामाको नेपाली रैथानी खानाको खोजी कार्य आज ६४ औ दिन पुगेको छ । यद्यपी यात्रा जारी राख्नुभएको छ । रैथानी खानाको खोजीको निम्ति निस्केको ६४ दिन पुरा गरिसक्नु भएको लामालाई आर्थिक कठिनाई भइरहेको छ ।

लामाले यात्राको क्रममा लेख्नुभएको छ, ‘अहिले म पुर्बदेखी पश्चिम महाकाली सम्म नेपाली मौलिक खाना अध्ययनको १०१ दिनको अभियानमा छु । २०७६/०६/१३ गते काठमाण्डौबाट सुरू भई भक्तपुर ,काभ्रे सिन्धुली हुँदै झापा, ईलाम ,पांचथर, तेर्हथुम, भोजपुर, सोलुखुम्वु, ओखलढुंगा ,रामेछाप, दोलखाको जिरी, चरिकोट, कालिञ्चोक, सिन्धुपाल्चोकको हेलम्वु, रसुवा, गोरखा ,तनहु ,बाग्लुङ , पर्बत, स्याङ्जा , कास्की ,म्याग्दी , मुस्ताङ, प्युठान , रोल्पा , रुकुम , दाङ,सल्यान , सुर्खेत ,दैलेख , कालिकोट र जुम्ला हुँदै ६४ औ दिनमा आज छु । यहाँ सम्म आउँदा मैले लगभग ५ सय नेपाली रैथाने खानाको परिकारको बारेमा जान्ने र अध्ययन गर्ने मौका मिलेको छ ।’

‘हामी नेपाली अफ्नो सस्कृती, संस्कार र खानपिनमा कति धनी छौ भन्ने कुरा अफ्नै गाउँ घर घुमे पछि मत्र थाहा हुनेरहेछ’, लामाले भन्नुभएको छ, ‘साच्चिकै हामी हाम्रो संस्कार र खानपिनमा धेरै धनी छौं । यी सबै नेपाली खानपिन र सस्कारलाई भिडियो र किताबको रुपमा अभिलेख बनाई अर्को पुस्तालार्इ हस्तान्तरण गर्ने मेरो योजना हो । यहाँ सम्म आउनको लागी सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मन र हातहरुलाइ मुरि मुरि धन्यवाद दिन चाहान्छु ।’

उहाँले थप्दै भन्नुभएको छ, ‘हजुरहरुको सहयोगलाई मैले नेपाली रैथाने खानाको किताब र भिडियोमा समाबेश गरएर अमर बनाउने छु । अवको ३८ दिन पाल्पा ,गुल्मी , ,रूपन्देही वुटवल ,कैलालिको धनगढि,कन्चनपुर महेन्द्रनगर , दार्चुला,चितवन,वारा,पर्सा,धनुषा,सर्लाही ,सिराहा,सप्तरी ,सुनसरी,नुवाकोट ,खोटाङ र काठमाडौं आएर मेरो यात्रा टुङ्गिने छ । अनि नेपाली खानालार्इ बजारीकरण गर्नेछु । यो मेरो यात्रामा ५० देखि ६० लाख सम्म खर्च लाग्ने भएकोले सम्पुर्ण नेपाली खाना प्रेमिहरुबाट सहयोगको अपेक्षा गर्दछु । अन्तिम पटक सबैले ज्ञ चोटि सहयोग गर्न अनुरोध गर्दछु ।’

प्रेमलाल तामाङ ।

यात्राको लागि खोलेको बैंक खाता A\C # 01015140361 Siddhartha Bank , kalopul, kathmandu

phone number:9841950843

काठमाडौमा सेफ नारायण थापालिय पनि सम्पर्क गर्न सक्नु हुन्छ ।

सम्पर्क 9867059251


प्रकाशित | १६ मंसिर २०७६, सोमबार १३:५३