हङकङ एयरपोर्टस्थित नेपाल एयरलाइन्सको काउन्टरमा गैर कानूनी कार्य हुने गरेको भन्दै ध्यानर्कषणा

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले हङकङ एयरपोर्टस्थित नेपाल वायू सेवा निगम (नेपाल एयरलाइन्स) को चेक इन काउन्टरमा अनाधिकृत ब्यक्ति (दलाल) हरुको अनावश्यक उपस्थितिले यात्रुहरुलाई असुविधा तथा गैर कानूनी कार्य हुने गरेको जनगुनासोप्रति नेपाल सरकारको गम्भिर ध्यानर्कषण गराएको छ ।

एनआरएनए हङकङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ‘भिजीट नेपाल २०२०’ लगायत हङकङमा भएका गतिविधी तथा विविध समस्याका विषयमा अवगत गराउँदै नेपाल एयरलाइन्सको चेक इन काउन्टरमा अनाधिकृत ब्यक्ति (दलाल) हरुको अनावश्यक उपस्थितिले यात्रुहरुलाई असुविधा तथा गैर कानूनी कार्य हुने गरेको जनगुनासोप्रति ध्यार्कषण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।

एनआरएनए हङकङ अध्यक्ष राधिका (टिका ) गुरुङ, महासचिव गोर्कण ढकालसहित आइसीसी सदस्य डासु राम पराजुलीले मन्त्री भट्टराईलाई जनगुनासोको बारेमा अवगत गराउँदै समस्या समाधानको लागि पहल गरेको हो ।

This image has an empty alt attribute; its file name is nrna-honkong.jpg

एनआरएनए हङकङ अध्यक्ष गुरुङको हस्ताक्षर रहेको ज्ञापनपत्रमा हङकङ-काठमाडौं हवाई भाडा तुलनात्मक रुपले अन्य गन्तब्य भन्दा अत्यधिक रहेको, नेपाल वायू सेवा निगमबाट हङकङ ट्रांजिट  हुने यात्रुलाई ट्रांजिट भिसा अनिवार्य भए पनि अन्य विमान कम्पनीलाई उक्त शर्त नरहेको विषय समेत उल्लेख गरिएको छ ।

पर्यटन प्रबद्र्धनमा एनआरएनए हङकङले नेपाली कन्सुलेट जनरलसँग सहकार्य गरेर उल्लेख भूमिका निर्वाह गरिरहेको, जनवरी ५ तारिखमा ‘भिजिट नेपाल २०२०’ को उद्घाटन भब्य रुपमा सम्पन्न गरिएको र आगामी दिनमा समेत ‘भिजिट नेपाल २०२०’ प्रबद्र्धनमा लागिपर्ने प्रतिबद्धता जनाएको छ । साथै पर्यटन मन्त्री भट्टराईलाई बुझाइएको सो ज्ञापनपत्रमा नेपाल वायू सेवा निगमलाई वोधार्थ गरिएको छ ।

सो अवसरमा मन्त्री भट्टराईले एनआरएनए हङकङलाई विशेष धन्यवाद दिर्दै सुद्यावलाई तत्काल कार्यान्वयन गर्ने प्रतिक्रिया दिनुभयो । हङकङमा नेपालीहरुले झेल्नुपरिरहेको विविध समस्याको विषयमा सम्बन्धीत निकायलाई कडा भन्दा कडा निर्देशन दिई कार्य गर्ने समेत आश्वाशन दिनुभयो ।

 


प्रकाशित | ८ फाल्गुन २०७६, बिहीबार १२:३३