अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो. प्रतिब्यारल ११० अमेरिकी डलर पुग्यो

काठमाडौं – अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा वृद्धि भएको छ। युक्रेनमाथि रुसले आक्रमण गरेपछि मूल्यवृद्धि भएको हो ।

अब तेलको मूल्य प्रतिब्यारल ११० अमेरिकी डलर पुगेको बीबीसीले जनाएको छ। यो मूल्य सात वर्षभन्दा बढी समययताकै उच्च हो।

आपत्कालीन भण्डारणबाट ६ करोड ब्यारल निकासा गर्ने विषयमा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरू सहमत भएको खबर सार्वजनिक भएसँगै मूल्य वृद्धि भएको छ।


प्रकाशित | १८ फाल्गुन २०७८, बुधबार १३:१२