एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचनमा केशव कँडेलको अध्यक्षमा उम्मेदवारी घोषणा

मेल्बर्न: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको आगामी निर्वाचनमा केशव कँडेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सन २००८ देखी एनआरएनएको अभियानमा लाग्नुभएको कँडेलले एक प्रेस बिज्ञप्ति जारी गर्दै आफनो उम्मेदवारी घोषणा गर्नुभएको हो । २०११-२०१३ एनसीसी सदस्य हुँदै २०१३-२०१५ भिक्टोरिया स्टेट सचिव, २०१५-२०१७ र २०१७-२०१९ गरी दुई कार्यकाल उपाध्यक्ष एबं भिक्टोरिया स्टेटको संयोजक भएर काम गरिसक्नु भएको कँडेलले आगामी निर्वाचनमा आफनो उम्मेदवारी सुनिश्चत गर्नुभएको हो ।

कँडेलले आफूले स्वयमसेवक देखि स्टेट संयोजक वा उपाध्यक्ष सम्मको यात्रामा सधै आफ्नो जिम्मेवारी इमान्दारीपुर्वक निभाएको बताउँदै एनआरएनए अभियानलाई सकारात्मक दिशामा लैजाने उद्देश्यका साथ उम्मेदवारी घोषणा गरिएको जनाउनुभएको छ । कँडेलले जारी गर्नुभएको बिज्ञप्ति जस्ताको तस्तै;

 एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचनमा अध्यक्ष पदको लागी मेरो उम्मेद्वारी 

आदरणीय अष्ट्रेलियाबासी आमाबुवा, दिदीबहिनी, दाजुभाइ, मीडियाकर्मी साथीहरु तथा समस्त एनआरएनएका मेरा सहकर्मी मित्रहरुमा नमस्कार अनि न्यानो अभिवादन !

म ‘केशव कंडेल’ सन् १९९८ मा अस्ट्रेलियाको मेल्बर्नमा बिध्यार्थीको रुपमा आए देखी नै भिक्टोरियामा हुने लगभग सबै कार्यक्रमहरु मा मन बचन र कर्मले स्वयम्सेवीको रुपमा सकृय रुपमा सहभागी भएको कुरा यहाँहरु सबैलाई अवगत नै छ । अध्यान सकेर आफ्नो अष्ट्रेलियाको बसाइलाई अलिक सहज बनाए संगै म २००८ देखी निरन्तर रुपमा एनआरएनएको हरेक अभियानमा मन, वचन र कर्मले सहभागी भएर आफूले सतप्रतिसत दिएको स्मरण गरिरहँदा मालाई सधै आत्मसन्तुष्टि मिल्छ । २००८ – २०११ सम्म स्वयंसेवक, २०११ – २०१३ एनसीसी मेम्बर, २०१३ – २०१५ भिक्टोरिया स्टेट सचिव, २०१५-२०१७ र २०१७-२०१९ गरी दुई कार्यकाल उपाध्यक्ष एबं भिक्टोरिया स्टेटको संयोजक भएर काम गर्ने मौका दिनु भएकोमा म यहाँहरु सबै प्रती आभारी छु ।

स्वयमसेवक देखि स्टेट संयोजक वा उपाध्यक्ष सम्मको यात्रामा सधै मैले आफ्नो जिम्मेवारी इमान्दारी पुर्वक निभाएको छु । सामाजिक कार्य गर्दै गर्दा मेरो व्यवसायीक कार्यहरु नआउन भनेर मैले सधै सर्तकता अपनाउदै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नहोस भनि सधै विचार पुराउदै आएको छु । एनआरएनए अष्ट्रेलियाको बिधान परिवर्तन सँगै यस संस्था नयाँ दिशामा जान लागेको छ । यो अवस्थामा यसको कार्यन्वयनको लागि संस्थालाई निश्चय नै अनुभबी एबं परिपक्क्व नेतृत्त्वको आवश्यकता रहेको छ । सँस्था प्रती इमान्दारिता एबं निष्ठा भएको ब्यक्तीले नै यसको नेतृत्त्व गर्नु पर्ने आजको आवश्यकता हो ।

यी कुराहरु मेरो अनुभब र इमान्दारिताले पुरा गर्न सक्छु भन्ने दृढ बिश्वास सहित २०१९-२१ को लागी एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदको लागि आफ्नो उम्मेद्वारी दिने तयारी गरिरहेको ब्यहोरा अवगत गराउन चाहन्छु ।

मलाई थाहा छ पद सँगै जिम्मेवारी पनि आउंछ र म त्यो जिम्मेवारी पुर्ण निष्ठा एबं इमान्दारिताका साथ निभाउने प्रतिबद्दता पनि गर्न चाहन्छु ।
यो उम्मेद्वारी दिने तयारी गर्दै गर्दा म एक ब्यक्ती एक पदको मान्यता अनुरुप र सस्थालाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ बाट बाहिर राख्न आफु आबद्ध एनआरएनए बाहेकका अरु सबै सस्थाहरु को पदिय जिम्मेवारीबाट आजैको दिन देखी राजिनामा दिएको जानकारी पनि गराउन चाहन्छु र आगामी २ बर्ष एनआरएनए बाहेक अन्य संस्थामा म कुनै पनि पदीय जिम्मेवारीमा नरहने ब्यहोरा अवगत गराउन चाहन्छु ।
अब चाँडै नै म तपाईंहरु समक्ष मेरा प्रस्तावित कार्यक्रमहरु को खाका सहित आउनेछु । तपाईंहरुको सर सल्लाह एबं सुझाव मलाई हरपल चाहि रहनेछ र सदा झै विशेष सुझाव र सहयोग को लागि म छिट्टै प्रत्यक्ष वा कुनै न कुनै माध्यमबाट आउनेछु ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार १३:३७