बालकोटका स्थानीय युवाद्वारा मजदुर र विद्यार्थीलाई राहत वितरण

भक्तपुर : भक्तपुर सुर्यविनायकका युवाहरुले बालकोटमा दैनिक ज्याला मजदुरी गरिखाने मजदुर र कोठा भाडामा बस्ने विद्यार्थीहरुलाई स्थानीय युवाहरुको सहयोगमा राहत वितरण गरिएको छ ।

स्थानीय युवाहरुको सहयोगमालकडाउनको कारण मजदुर र बिद्यार्थीहरुलाई दैनिक गुजारा चलाउनै नसक्ने अवस्थामा पुगेपछि बालकोटका युवाहरुको पहलमा खाद्यान्न सामग्री वितरण गरिएको हो ।

बालकोट युवा समुहले सुर्यविनायक नगरपालिका वडा नम्वर २ र ३ र १ मा कोठा भाडामा बस्ने करिव ११ सय परिवारलाई टोल टोलमा पुगेर खाद्यान्न वितरण गरेका छन् । उनीहरुले बालकोटस्थित महेन्द्रशान्ति बिद्यालयमा मुल भण्डार राखी बिभिन्न १७ स्टेशनबाट खाद्यान्न सामग्री वितरण गरेका छन् ।

Image may contain: one or more people

युवा समुहका संयोजक रवि राणाका अनुसार लकडाउनको समयावधी पटक पटक थपिएपछि बालकोट युवा समाजले प्रति परिवार १५ केजी चामल, एक केजी दाल, नुन, तेल, चियरा चाउचाउ लगायतका खाद्यान्न उपलब्ध गराइएको हो ।

राहत पाएपछि कोठा भाडामा बस्ने मजदुर र बिद्यार्थीहरुको केहिदिन भएपनि दैनिकी सहज भएको छ । खाद्यान्नको न्यायोचित बितरणका लागि टोलटोलमा पुगेर ५० जना स्वयंसेवकले अभावमा परेका परिवारको नामावली संकलन गरेका थिए बालकोटका युवाहरु सुवास कार्की, चन्द्र श्रेष्ठ, जयराज पौडेल, सुदन अधिकारी, दिपेश, प्रद्युम्न कार्कीलगायतका २५ जना युवाको सकृयतामा दाताहरुबाट खाद्यान्न सामग्री संकलन गर्नुभएको थियो ।


प्रकाशित | २० बैशाख २०७७, शनिबार १८:३६