एनआरएनएको आयोजनामा टेक्ससमा युवा-विद्याथी लक्षित कार्यक्रम हुँदै

न्यूर्योक: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको युथ टाक्स फोर्सको आयोजनामा युवा र विथाथीका समस्या विषयमा अन्तरक्रिर्या कार्यक्रम हुने भएको छ । टेक्ससको यूटिए लोन स्टार हलमा यही फेम्बुअरी २३ तारिखका दिन सो अन्तरक्रिर्या कार्यक्रम हुने भएको हो । कार्यक्रम दिउँसो ३ बजेदेखि साझ ९ बजेसम्मको तय गरिएको छ ।

कार्यक्रममा एनआरएनए आइसिसी सचिव गौरीराज जोशी, अमेरिका अध्यक्ष सुनील साहलगायतले प्रशिक्षण दिनु हुने कार्यक्रम रहेको कार्यक्रम संयोजक सन्देश उप्रेत्तिले जानकारी गराउनुभयो । कार्यक्रम विशेष गरि युवा तथा विथार्थीहरुलाई एनआरएनए अभियानमा ल्याउने उद्देश्यले आयोजना गरिएको हो ।

एनआरएनए अमेरिकाले विशेष गरि विभिन्न टाक्स फोर्समार्फत आफनो सक्रियता बढाउँदै लगिरहेको छ । एनसिसी अमेरिका अध्यक्ष सुनील साहका अनुसार विभिन्न टाक्स फोर्सहरुले निकै सक्रियतापूर्वक आफनो गतिविधीलाई तीब्रता दिइरहेका छन् । सोही अनुरुप टाक्स फोर्सले युवा विथार्थी लक्षित कार्यक्रम आयोजना गर्न लागेको हो ।


प्रकाशित | २२ माघ २०७६, बुधबार ०८:३१