नारायणकाजी श्रेष्ठ र विप्लवबीच भेटवार्ता

काठमाडौँ – अमेरिकी सहायता (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि नेकपा माओवादी केन्द्र विभाजन उन्मुख भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनमा सहमति जनाएसँगै नेता नारायणकाजी श्रेष्ठलगायतका केही नेताहरुले पार्टीभित्रै तीब्र असन्तुष्टि जनाइरहेका छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए।

व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरिएपछि नेता श्रेष्ठले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्नुभएको थीयो। नेता श्रेष्ठसँग उहाँकै निवास हात्तिवनमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बुधबार बिहान भेट गर्नुभएको थीयो ।


प्रकाशित | १८ फाल्गुन २०७८, बुधबार १२:११