देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौँ — नेपाली कांग्रेसको पदाधिकारी बैठक शूरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक शूरु भएको हो । बैठकमा पार्टीका पूर्व पदाधिकारी पनि सहभागी छन् ।

पार्टी सभापति देउवाको नेतृत्वमा बहुमतको दावी गर्न गइरहेको कांग्रेसले सरकार गठनका लागि आज दिनभर भएका प्रयास र पछिल्लो गतिविधीका विषयमा जानकारी दिन र सुझाव लिन बैठक आयोजना गरेको हो ।

यसअघि देउवाले जसपाका अध्यक्ष महन्त ठाकुर र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नौ निवासमा भेटवार्ता गर्नुभएको थियो । संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमा आज बेलुकी ९ बजे सकिँदैछ ।


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार १७:२७