प्रधानमन्त्री भेट्न पुगेका एकनाथ ढकालले मागे सांसद पद

काठमाडौं:  नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व गरिदिन माग गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको ढकालले आफूलाई संघीय संसदमा ल्याउन माग गर्नुभएको हो । बालुवाटार स्रोतका अनुसार ढकालले आफूलाई राष्ट्रिय सभाको सदस्यमा भए पनि मनोनित गरिनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा तत्कालीन एमाले र परिवार दलबीच ३ बुँदे सहमति भएको ढकालको भनाइ छ । उक्त सहमतिअनुसारपरिवार दलले वाम गठवन्धनलाई निर्वाचनमा सहयोग गर्ने र गठवन्धनबाट परिवार दललाई संसदमा प्रतिनिधित्व गराइने विषय उल्लेख भएको ढकालको भनाइ छ ।


प्रकाशित | २ असार २०७६, सोमबार १५:५८