सुनको मूल्य बढ्यो

काठमाडौँ – नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कायम भएको छ। चाँदी पनि तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ कायम भएको छ।


प्रकाशित | १६ फाल्गुन २०७८, सोमबार १२:०८