नारायणकाजीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

काठमाडौं: नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । यसअघि श्रेष्ठले परराष्ट्र मन्त्रालय पाउने चर्चा थियो । तर नेताहरूबीच सहमति खोज्ने क्रममा श्रेष्ठको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परेको हो ।


प्रकाशित | ११ पुष २०७९, सोमबार १६:०१