निर्वाचनभन्दा अगाडि सबैलाई कोरोना खोप लगाइन्छ : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनभन्दा अगाडि नै सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले निर्वाचन अगाडि सबैलाई खोप लगाउने बताउनु भएको हो ।

खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसँग छलफल भइरहेको उहाँले बताउनु भएको छ । आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिएको छ ।

जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार निरन्तर लागिरहको उहाँले बताउनु भयो ।


प्रकाशित | ९ जेष्ठ २०७८, आईतवार १८:२०