ठमेलबाट १६ लाख भारुसहित पाँच पक्राउ

काठमाडौं: ठमेलबाट भारतीय १६ लाख रुपैयाँ सहित ५ जना पक्राउ परेका छन्। ठमेलको व्लु मुन होटलबाट प्रतिवन्धित ५ सय र १ हजार दरका १६ लाख बराबरका नोट सहित पाँच जना पक्राउ गरेका हुन । उनीहरुलाई विशेष सूचनाको आधारमा गय राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । पक्राउ परेका पाँचै जनालाई राजश्व अनुसन्धान विभागमा पठाइएको डिएपी बोगटीले बताउनुभयो । भारतमा प्रतिवन्ध लगाइएका ५ सय र १ हजारका नोट उनीहरुले के कारणले ल्याए भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले बतायो।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार १८:२१