यथास्थीतीमा सार्वजनिक यातायात चलाउँन सक्दैनौ : ब्यवसायी

काठमाडौं : सरकारले भोलीदेखि सार्वजनीक यातायातका साधनहरु सञ्चालन गर्ने निर्णय गरेपनि ब्यवसायीले भने यथास्थितिमा सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् । सरकारले सामाजिक दूरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेलगत्तै व्यवसायीले यथास्थितिमा यातायात चलाउन नसकिने बताएका हुन् ।

यातायात व्यवसायीले साविक भाडामा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् । तर, व्यवसायीले सरकारको एकलौटी निर्णय आएको भन्दै विरोध जनाएका छन् ।

ब्यवसायीले लकडाउन भएको समय सम्मको किस्ता, कार्ड नवीकरणलाई जिरोमा लैजानुपर्ने, कागजपत्र नवीकरण लकडाउन पश्चात् ३ महिनाभित्र स्वतः गर्नुपर्ने, लकडाउनको समयको बैंक ब्याज छुट हुनुपर्ने, यो अवधिमा फेल भएका चालक अनुमतिपत्र स्वत : नवीकरण गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै,सवारीसाधन थन्किएको लामो समय भएकाले ब्याट्री, टायर फेर्न र सर्भिसिङ पुन कर्जाको व्यवस्था हुनुपर्ने, ६ महिनासम्म यात्रु नहुने भएकाले अनुदान उपलब्ध गराउनुपर्ने, गाडी चलाउने चालक, सहचालक र यात्रुको कोरोना बीमा हुनुपर्ने, सुरक्षाका लागि मास्क, स्यानिटाइजर, पीपीई, ग्लोब्स उपलब्ध गराउनुपर्ने, भाडा समायोजना हुनुपर्नेलगायतको माग गरेका छन् ।


प्रकाशित | २५ असार २०७७, बिहीबार २०:४६