विश्वकप क्रिकेट: आज बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ । ब्रिस्टोलमा मंगलबार खेलमा दुई एसियाली राष्ट्र बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।

काउन्टी मैदानमा दुवै टोली सहज जितको खोजीमा हुनेछ । दुवै टिम जित निकाल्दै शीर्ष चारको सम्भावना कायम राख्न चाहन्छ । तर, दुवैलाई वर्षाको डर रहनेछ । किनकि पछिल्लो साता वर्षाको कारण केहि खेलहरु स्थगित भएका छन् ।  श्रीलंकाविरुद्ध बंगलादेश दोस्रो जितको खोजीमा हुनेछ । अघिल्ला तीन खेलमा एक जित र दुई व्यहोरेको बंगलादेशको २ अंक रहेको छ । बंगलादेश आठौं स्थानमा रहेको छ ।

श्रीलंका पनि दोस्रो जितको खोजीमा हुनेछ । अघिल्ला ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको श्रीलंकाको ३ अंक रहेको छ । श्रीलंका छैटौं स्थानमा रहेको छ । दुई टोलीबीचको पछिल्ला नतिजा श्रीलंकाको पक्षमा रहेको छ । पछिल्लो ५ भेटमा श्रीलंकाले ३ खेल जितेको छ । बंगलादेशले २ खेलमा जित निकालेको छ ।


प्रकाशित | २८ जेष्ठ २०७६, मंगलवार ०८:५७