विश्वकप क्रिकेट: दक्षिण अफ्रीकाले भारतलाई दियो २२८ रनको लक्ष्य

एजेन्सी:  इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले भारतलाई जितका लागि २२८ रनको मध्यम लक्ष्य दिएको छ । साउथह्याम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रनको योगदान गरे । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका युजभेन्द्र चाहलले ४ विकेट हात पारे ।

यस्तै जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान २/२ विकेट लिए ।आज दुवै टोली जित निकाल्ने लक्ष्यमा रहेको छ । भारत जितबाट विश्वकप सुरुवात गर्ने योजनामा छ । दक्षिण अफ्रीका भने पहिलो जितको खोजीमा हुनेछ । दक्षिण अफ्रीकाले अघिल्ला दुवै खेल गुमाएको थियो ।


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार १९:५३