थप ५७० जनामा कोरोना संक्रमण

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ७ हजार २८ र एन्टीजेन विधिबाट २ हजार ७६१ जना गरी कूल ९ हजार ७८९ जनाको कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

कोरोना संक्रमणका कारण बितेको चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस अवधिमा एक हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् ।

हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६१६ जना रहेको छ ।

 


प्रकाशित | ५ फाल्गुन २०७८, बिहीबार १७:३९