एनआरएनए अमेरिकाज् क्षेत्रीय उप-संयोजकमा क्यानडाबाट अभिमन्यू बस्नेतको उम्मेदवारी घोषणा

क्यानडा : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रीय उप-संयोजकमा क्यानडाबाट अभिमन्यू बस्नेतले उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि क्यानडा बस्दै आउनुभएको भक्तपुर निवासी बस्नेतले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन लागिरहेको संघको नवौ विश्व सम्मेलनमा उप-संयोजक  पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एनआरएनए अभियानमा सक्रिय बस्नेत हाल आइसिसी सदस्य हुनुहुन्छ । पदीय हिसावले एनआरएनए क्यानडाको उपाध्यक्षमा रहेर जिम्मेवारी समाल्दै आउनुभएको बस्नेतसँग एनआरएनमा काम गरेको लामो अनुभव छ ।

एनआरएनका विभिन्न समितिमा क्रियाशील  रहनु भएको बस्नेत यस पटक क्यानडाले एक पद पाउनुपर्ने माग गर्नुहुन्छ । बस्नेतले आफनो ब्यक्तीगत उम्मेदवारी नभएर एनआरएनए क्यानडाको प्रतिनिधित्व हुने गरि यस पटक अमेरिकाज् क्षेत्रीय उप-संयोजकमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

क्यानडाबाट आफनो उम्मेदवारीमा सबैको साथ र सहयोग रहेको समेत बस्नेतले बताउनुभयो । अमेरिकाले मात्र क्षेत्रको सबै पदमा नेतृत्व गर्दा राम्रो सन्देश नगएको भन्दै यस पटक क्यानडालाई कुनै एक पद दिने विषयमा एनआरएन अग्रजहरु  एकमत रहेको पाइएको छ ।

एनआरएनए आइसिसी अध्यक्षदेखि केन्द्रीय नेतृत्वका साथै विश्वभरीका एनआरएनएमाझ परिचीत बस्नेत एनआरएनए हरेक गतिविधीमा सक्रिय हुनुुहुन्छ । बस्नेत विशेष गरि नेपालको विभिन्न विपत्तीमा सहयोगी समेत बन्दै आउनुभएको छ ।


प्रकाशित | ४ आश्विन २०७६, शनिबार २१:३९