कागेश्वरी मनोहरा नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित भएको छ । नगरपालिकाको आठौं अधिवेशनमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।

नगरसभाको गत १० असरामा बसेको पहिलो सत्रमा नगर प्रमुख उपेन्द्र कार्कीले नीति तथा कार्यक्रम र उपप्रमुख शान्ता थापाले बजेट प्रस्तुत गर्नु भएको थियो । सोमबार बसेको नगर अधिवेशनको दोस्रो बैठकमा ब्यापक छलफलपछि केहि संशोधनसहित पारित गरिएको हो ।

नगर सभामा आगामी आर्थिक वर्षको लागि २ अर्ब ३८ करोड ६५ लाखको बजेट विनियोजन गरिएको थियो भने नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलूकद, खानेपानी, उद्यमशीलतालगायतका विषयहरुलाई विेशष प्राथमिकता दिइएको छ ।

बैठकमा वडाध्यक्षहरु, कार्यपालिका सदस्य र नगर सदस्यहरुले भाग लिनु भएको थियो । नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला र शाखा प्रमुखहरु तथा कर्मचारीहरुको सहभागिता थियो ।


प्रकाशित | २५ असार २०८०, सोमबार २१:२७