सुनको मूल्य श्वात्तै घट्यो

काठमाडौं।केही दिनदेखि क्रमिक उकालो लागेको सुनको मूल्य बुधबार भने घटेको छ। अघिल्लो दिनका तुलनामा तोलामा १ हजार ६ सय रुपैयाँ घटेको हो।

बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि १ हजार २ सय बढ्दा मंगलबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार १ हजार ५ सयले बढेर प्रतितोला ९५ हजार ५ सय रुपैयाँ थियो।

बुधबार चाँदीको मूल्यमा पनि गिरावट छ। ३५ रुपैयाँ घट्दा कारोबार मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ भएको छ। मंगलबार २० रुपैयाँले बढेर प्रतितोला १३०० रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित | ४ फाल्गुन २०७८, बुधबार ११:४९