फेसबुकले बन्द गरिदियो भारतीय का‌ंग्रेससम्बद्ध ६८७ फेसबुक पेज तथा अकाउन्ट

एजेन्सी : सामाजिक सञ्जाल फेसबुकले भारतमा प्रमुख प्रतिपक्षी भारतीय का‌ंग्रेससम्बद्ध ६८७ फेसबुक पेज तथा अकाउन्ट बन्द गरिदिएको छ। कानुन उल्लंघ गरेको भन्दै कांग्रेस आईसम्बद्ध ती पेजहरू फेसबुकले आफ्नो हटाएको हो।

भारतमा यही अप्रिल ११ गतेदेखि १९ सम्म आम निर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होच्याउने, गाली गर्ने र झूठा प्रचार गर्ने खालका सामग्रीहरू सम्प्रेषित भएको पाइएपछि ती पेजहरू हटाइएको फेसबुकको दाबी छ।

फेसबुक कम्पनीले जारी गरेको वक्तव्यमा अप्रामाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटिएपछि फेसबुकको नीति तथा नियम उल्लङ्घन भएको निष्कर्षसहित उक्त दल आबद्ध मानिएका पेज, ग्रुप तथा एकाउन्टहरू कम्पनीले हटाएको उल्लेख गरिएको छ।

विश्वव्यापीरूपमा फैलिएको सामाजिक सञ्जाल फेसबुकमाथि भारत सरकारलगायत विश्वका सरकारी अधिकारीद्वारा फेसबुकको दुरूपयोग गरी राजनीतिक फाइदा उठाउने वा गलत सूचना फैलाउने काम नभएको प्रत्याभूत गर्न दबाब दिँदै आएका खबर आउने गरेका छन्।


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार ०७:२५