‘भ्रष्टाचारी भएको ठहर भए टुँडिखेलमा झुण्ड्याएर मार्नु’

विराटनगर: भ्रष्टाचारविरोधी छवि बनाएका चर्चित प्रशासक तथा श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले आफूविरुद्ध परेको भ्रष्टाचारको मुद्दामा भ्रष्टाचारी ठहर भए टुँडिखेलमा झुण्डीएर मर्न तयार रहेको बताउनुभएको छ । मोरङ विराटनगरमा रहेको क्षेत्रीय निर्वाचन कार्यालयको प्रमुख हुँदा २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गतेसम्म हाजिरी नै नगरी तलब भत्ता बुझेको भन्दै संजेलविरुद्ध मुद्दा परेको थियो।

उक्त मुद्दामा आफू छाती ठूलो बनाएर अख्तियारमा बयान दिन शुक्रबार जान लागेको संजेलले प्रतिक्रिया दिनु भएको हो । आफू भ्रष्टाचारी भएको ठहर भए टुँडिखेलमा झुण्ड्याएर मार्नु भन्दै संजेलले कोही कसैले मुद्दा हाल्दैमा आफूलाई कुनै फरक नपर्ने बताउनुभयो । संजेलले भन्नुभयो, ‘मैले सर्वोच्च अदालतको आदेशअनुसार सो अवधिको तलबभत्ता बुझेको हुँ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १६:३८