वायु प्रदूषणबारे जनचेतना फैलाउन सेभ द चिल्ड्रेनको “साथी” अभियान शुरु

काठमाडौं । वायु प्रदूषणबारे नेपालभर जनचेतना फैलाउने उद्देश्यसहित सेभ द चिल्ड्रेनले “साथी ”अभियान सुरु गरेको छ। विश्वमा नै नेपालको संघिय राजधानी काठमाडौं ज्यादै प्रदूषित शहरको सूचीमा सूचिकृत भएकाले पृथ्वी दिवसको अवसर पारेर सेभ द चिल्ड्रेनले जनचेतना फैलाउन यो अभियान सुरु गरेको हो ।

यस अभियानमा साथी अर्थात सेतो टेडि बियर लिएर अभियन्ताहरू ६ महिनासम्म नेपालभर वायु प्रदूषणबारे जनचेतना फैल्याउने कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् ।

अभियानलार्इ अन्य संघसंस्था र बालबलिका तथा युवा अभियन्ताको पनि संलग्नता रहने जनाइएको छ। सेभ द चिल्ड्रेनकी राष्ट्रीय निर्देशक, हेदर क्याम्पबेलका अनुसार “साथी एयर बियर वायु प्रदुषणका कारण बालबालिकाको स्वास्थ्य र भविष्यमा पर्ने प्रभावको प्रतिक हो ।

यसले बढ्दै गरेको प्रदुषण र जलवायु परिवर्तनले कसरी बालबालिकाको भविष्य माथि खेलवाड गरिरहेको छ र किन हामी यसबारे सचेत हुनु पर्छ भन्ने बारे झकझकाउने काम गर्छ ।

६ महिनाको अवधिमा चार मिटर अग्लो सेतो भालु वा टेडि बियरलाई नेपालका विभिन्न क्षेत्रमा दि–गो कम्पनीले प्रदान गर्ने विद्युतीय सवारीमा राखेर डुलाईने सेभ द चिल्ड्रेनले जनाएको छ ।


प्रकाशित | ११ बैशाख २०८०, सोमबार १०:५३