नेपाल र भियतनामबीच १६ बुँदे सम्झौता

काठमाडौं : नेपाल र भियतनामबीच १६ बुँदे सहमती भएको छ । नेपाल र भियतनाबीच विभिन्न विषयमा १६ बुँदे सहमती भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा रहनु भएको बखतमा सहमती भएको हो । दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार भियतनामको प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर समेत गरिएको छ ।

सहमतीमा दुवै देशका सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने उल्लेख गरिएको छ । सम्झौतामा सरकारी र कूटनीतिक राहदानी भएका व्यक्तिलाई एकअर्काको देशमा आवत जावत गर्दा भिसा नचाहिने उल्लेख छ । त्यस्तैगरि, भियतनामले नेपाली सामान आयात गर्ने र भियतनामका व्यवसायीले नेपालमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने सहमति भएको छ । पर्यटकलाई दुवै देशको भ्रमणका लागि प्रेरित गर्ने, दुवै देशका पार्टी, सरकार, संसदीय संस्था र नागरिकलाई एकअर्का देशमा मैत्रीपूर्ण भ्रमण गराउने सहमति पनि भएको छ ।

पाल चेम्बर अफ कमर्स र भियतनाम चेम्बर अफ कमर्सबीच सन् २०१८ मा भएको सम्झौतालाई नवीकरण गर्ने, पर्यटकलाई दुवै देशको भ्रमणका लागि प्रेरित गर्ने, दुवै देशका पार्टी, सरकार, संसदीय संस्था र नागरिकलाई एकअर्का देशमा मैत्रीपूर्ण भ्रमण गराउने सहमति पनि भएको छ ।

विदेशमन्त्री स्तरीय दुई पक्षीय परामर्श संयन्त्र निर्माण गर्ने, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाउने, भियतनामको आन्तरिक सुरक्षा मन्त्रालय र नेपालको गृहमन्त्रालयबीच फौजदारी कानुनको कार्यान्वयन तथा अपराधविरुद्ध सहकार्य गर्नका लागि सम्झौता गर्ने र त्यसका लागि छलफल सुरु गर्ने सहमति पनि भएको छ । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र भियतनामका तर्फबाट नग्येन क्वयकले हस्ताक्षर गर्नुभएको थियो ।

त्यस्तै, व्यापार तथा लगानी संरचनासम्बन्धी सम्झौतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गर्नुभयो ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०९:१९