जेट एयरवेज बन्द भएपछि नेपाल वायुसेवाले दिल्लीमा थप्यो ३ उडान : अब सातामा १४ उडान

काठमाडौं : भारतको समस्याग्रस्त जेट एयरवेज बन्द भएपछि नेपाल वायूसेवा निगमले दिल्लीमा  ३ उडान थपेको छ । सातामा ११ ओटा उडान गर्दै आएको वायूसेवा निगमले अब १४ वटा उडान गर्ने भएको छ । निगमका सहप्रवक्ता नबराज कोइरालाका अनुसार वाइडबडी र न्यारोबडी जहाज मार्फत दिल्लीमा उडान गर्न थालिएको हो । निगमले काठमाडौंबाट नयाँदिल्लीको लागि बिहान ८ बजे उडान भर्ने र ९: ४० मा दिल्लीमा अवतरण हुने छ । दोश्रो उडान १ बजे भएर २: २५ मा अवतरण हुनेछ ।

यस्तै दिल्लीबाट काठमाडौंमा विहान १०:४०मा हुने र अवतरण १२: ४० मा हुने छ भने दोश्रो उडान ३: ५५ मा हुने र अवतरण ५: ४५ मा हुने छ । काठमाडौंबाट नयाँदिल्लीको भाडा एकतर्फि ८ हजारदेखि २८ हजार रुपैयाँ र दुवैतर्फी भाडा १५ हजारदेखि ४० हजारसम्मको कामय गरिएको छ ।


प्रकाशित | १८ बैशाख २०७६, बुधबार ०९:२६