चलचित्र ‘पोई पर्यो काले’ को निर्माण घोषणा

काठमाडौं: नयाँ चलचित्र पोई पर्यो कालेको निर्माण घोषणा गरिएको छ । चलचित्र आगामी ८ कात्तिकमा रिलिज गर्ने गरि निर्माणको घोषणा गरिएको हो । चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । फिल्मलाई राणाले नै लेखेका छन् । पोई पर्यो कालेमा काले पोईको भूमिकामा सौगात मल्ल प्रस्तुत हुनेछन् । यो चलचित्रमा सौगात मल्ल र सृष्टी श्रेष्ठ जोडी बन्दैछन् ।

अभिनेत्री पुजा शर्मा र अर्का अभिनेता आकाश श्रेष्ठ यो चलचित्रमा जोडी बनेर प्रस्तुत भएका छन् ।फिल्ममा सृष्टी र पुजा दिदी बिहिनीको रोलमा हुनेछन् । फिल्मका अन्य कलाकारमा सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल छन्दे र निर्देशक शिशिर आफैं रहेका छन् । अभिनेत्री सुरक्षा पन्त यो चलचित्रमा अतिथि भूमिकामा हुनेछिन् ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १५:०१