कर्णाली नदीमा जीप खस्यो,  १५ जना वेपत्ता

सुर्खेत : हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप खसेको छ । जीप खस्दा कम्तिमा १५ जना वेपत्ता भएका छन्। जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार रहेको प्रहरीले जनाएको छ ।

हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार खार्पु मन्दिरबाट गाउँपालिकाको सदरमुकाम जाँदै गरेको लु १ क ७१६६ नम्वरको बोलेरो जीप बेलरुख नजिकैबाट १२ः४५ बजे कर्णाली नदीमा खसेको हो । अहिले उद्दारका लागि सदरमुका सिमीकोटबाट पाँच वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई घटनास्थलमा पठाइएको र खोजी कार्य जारी रहेको छ ।


प्रकाशित | ३ असार २०७६, मंगलवार १४:५०