लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट दोलखामा खरेल उठ्ने

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीले दोलखामा जगदिश खरेललाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ ।

पेशाले इन्जिनियर तथा हाइड्रोपावर कम्पनीको नेतृत्व गर्दै आएका खरेललाई संघीय संसदका लागि उम्मेदवार बनाउन लागिएको छ । प्रतिनिधि सभाका लागि दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिन लागेको खरेलले विश्वसन्देशसँग बताए ।

युवाहरूको प्रतिनिधित्व गर्न र अवस्था वदल्नको लागि उम्मेदवार बनेर प्रचारमा लागेको उनले बताए । पूर्व सञ्चारकर्मी लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर चुनावी कार्यक्रम गरिरहेको छ । लामिछाने सहितका केन्द्रीय नेताहरु दोलखा स्थित चरिकोटमामा गई पार्टीको भेला गरेका थिए ।


प्रकाशित | २७ भाद्र २०७९, सोमबार १५:४४