पुनरागमनको आसमा लिभरपुल

एजेन्सी :च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको दोस्रो लेगको खेलमा आज मंगलबार लिभरपुल र बार्सिलोना भिड्दैछन् । लिभरपुलले घरेलु मैदान एनफिल्डमा यी दुई टोली एक आमन्नै सामुन्ने हुदैछन् ।यसअघि आफ्नो घरमा भएको पहिलो लेगको खेल बार्सिलोनाले ३–० ले जितेको थियो । तसर्थ, आज आफ्नो घरेलु मैदानमा उत्रिँदा लिभरपुल चर्को दबाबमा हुनेछ । अवे मैदानमा भएको अघिल्लो लेग गोलविहीन अवस्थामा ३ गोलको फरकमा हारेकाले ऊमाथि आज आफ्नो घरमा शानदार कमब्याक गर्नुपर्ने दबाब छ ।

यता, बार्सिलोना भने निकै सहज अवस्थामा छ । पहिलो लेगबाट ऊसँग स्पष्ट ३ गोलको अन्तर छ भने उसले लिभरपुललाई अवे गोलसमेत गर्न दिएन । तसर्थ, आज लिभरपुलको घरमा उत्रिँदा बार्सिलोनालाई सामान्य जित पनि काफी हुन्छ । त्यत्ति मात्रै हैन, ऊ २–० सम्मले हारे पनि एग्रीगेटमा अघि रहेर फाइनल पुग्न काफी हुन्छ ।यदि बार्सिलोनाले लिभरपुलको घरमा १ मात्रै गोल गरेको खण्डमा त्यो बेला लिभरपुललाई खेल जित्न ५ गोल अवश्यक हुन्छ । तर, यदि ९० मिनेटमा लिभरपुलले खेल ३–० ले जित्यो भने एग्रीगेटमा ३–३ हुने हुँदा खेल ३० मिनेटको थप समयमा जानेछ । त्यहाँ पनि हार–जित नभए खेल पेनाल्टीमा जानेछ ।

पहिलो लेगमा ३–० को जित निकालेको बार्सिलोना सहज अवस्थामा छ ।यता, लिभरपुलका युवा स्ट्राईकर रियान ब्रेस्टरले च्याम्पियन्स लिगको दोस्रो सेमिफाईनल लेगमा खेल्न पाउनेछन् । दुई मुख्य स्ट्राईकर रोबर्टो फिर्मिन्हो र मोहमद सलाहा चोटका कारण मैदान उत्रिन नसक्ने बताएपछि प्रशिक्षक योर्गेन क्लोपले सो कुराको पुष्टि गरेका हुन् । दुई स्टार खेलाडी अनुपस्थित रहने भएपछि १९ बर्षका युवा फरवार्डको डेब्युमा लिभरपुल निर्भर रहनुपर्नेछ ।

आज बार्सिलोनाविरुद्ध लिभरपुलको पोस्ट ब्राजिलियन गोलरक्षक एलिसन बेकरले नै सम्हाल्नेछन् । त्यसपछि रक्षापंक्तिमा भर्जिल भान डाइक र अलेक्जान्डर अर्नोल्डलागयतको कमान्ड हुनेछ । मिडफिल्ड कप्तान जेम्स मिल्नर, जोर्डन हेन्डर्सन, फाविन्होलगायतले सम्हाल्नेछन् ।आज सालाह र फर्मिन्हो नहुँदा बार्सिलोनाको पोस्ट हान्ने जिम्मा साडियो माने, शाकिरी, डिभोक ओरिगीले पाउनेछन् ।

यता, बार्सिलोनाको पोस्ट आज पनि जर्मन गोलरक्षक मार्क आन्द्रे टर स्टेगेनले नै सम्हाल्नेछन् । रक्षापंक्तिमा जेरार्ड पिके, जोर्डी अल्बा, सामुएल उम्टिटी र नेल्सन सेमेडोले सुरुआती टिममा स्थान बनाउने सम्भावना छ । मिडफिल्डमा इभान राकिटिक, सर्जियो बुस्केटस्, अर्थुर मेलो र अर्टुरो भिडालेमध्येबाट हुनेछन् ।त्यसैगरी, आक्रमण लाइनमा कप्तान लिओनल मेस्सीसँग लुइस स्वारेजको जोर्डी हुनेछ । डेम्बेले घाइते भएकाले यस खेलमा फिलिपे कोउटिन्होले मेस्सी र स्वारेजसँग आक्रमणपंक्तिमा साझेदारी गर्नेछन्


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार १३:०२