मदरल्याण्डका विद्यार्थीलाई कोभिड-१९ विरुद्ध दोश्रो चरणको मोडर्ना खोप पनि लगाइयो

भक्तपुर  –  मदरल्याण्ड स्कुलमा अध्ययनरत १२ वर्ष देखि १७ वर्षका २४९ जना विद्यार्थीहरुलाई आज कोभिड-१९ विरुद्धको दोश्रो चरणको खोप पनि लगाइएको छ । खोप विद्यालयमा नै खोप केन्द्र राखी लगाइएको हो ।

नंखेल स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न उक्त खोप कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत १०४ जना छात्रा र १४५ जना छात्रहरुलाई स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र फैंजूको नेतृत्वमा मोडर्ना खोपको दोश्रो मात्र लगाइएको हो ।
यस अघि पनि विद्यालयमा नै पहिलो मात्र खोप लगाइएको थियो ।

सुर्यविनायक ९, नंखेलमा रहेको मदरल्याण्ड स्कुलका संचालक प्रिन्सिपल संजय खड्काले आज सम्पन्न भएको खोप कार्यक्रमको समन्वयका लागि नंखेल स्वास्थ्य चौकी तथा सुर्यविनायक नगरपालिकालाई धन्यवाद दिँदै अब ५ वर्ष देखि ११ वर्ष सम्मको बालबालिकाहरुको लागि पनि छिट्टै खोपको सुनिश्चित गर्न स्थानीय निकायले पहल गर्नु पर्ने बताउनु भयो ।

साथै कोभिडको कारण विद्यालय बन्द हुँदा बालबालिकाहरुको भविष्यमा नकारात्मक असर पर्नुका साथै देशको नै शिक्षाको स्तर खस्कने भएकाले यस तर्फ सम्बन्धित निकाय तथा सरोकारवालाहरुले ध्यान दिई फागुन १ गते देखि स्वास्थ्य मापदण्डको पालना गरी पठनपाठनको सुरु गर्ने निर्णय स्वागत योग्य रहेको खड्काले बताउनु भयो ।

No description available.

No description available.
No description available.
No description available.
No description available.

प्रकाशित | २६ माघ २०७८, बुधबार १८:२७